बजाज महाएक्सचेञ्ज मेला सम्पन्न, १५० वटा बजाज मोटरसाइकल विक्री |
चितवन । हंसराज हुलास चन्द एण्ड कम्पनीले राजधानीबाहिर पहिलो पटक चितवनमा आयोजना गरेको ‘बजाज महाएक्सचेञ्ज मेला सम्पन्न भएको छ । चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा सञ्चालित उक्त मेलामा बजाज कम्पनीका १ सय ५० ओटा मोटरसाइकल विक्री भएका छन् ।
३ दिनसम्म चलेको मेलामा पल्सर, डिस्कभर, एभेञ्जरलगायत मोडलका मोटरसाइकल विक्री भएको व्यवसायीले बताएका छन् । मेलामा सहभागीमध्ये तीन जनाले लक्की ड्रमार्फत इलेक्ट्रिक जग प्राप्त गरेका छन् । मेलामा चितवनमा रहेका बजाज मोटरसाइकलका आधिकारिक विक्रेताहरू नारायणगढको नारायणी मोटर्स, भरतपुरको एनके मोटर्स, टाँडीको निशास मोटर्स र पर्र्साको आशीर्वाद अटोमोबाइल्सले एकै स्थानबाट ग्राहकलाई सेवा उपलब्ध गराएका थिए ।
मेलामा नयाँ मोटरसाइकल विक्री, त्यसै ठाउँमा फाइनान्स सुविधा, जुनसुकै कम्पनीको पुरानो मोटरसाइलकसँग बजाजको नयाँ बाइक साटफेर, टेष्ट ड्राइभलगायत सुविधा प्रदान गरिएको थियो । टेष्ट ड्राइभ गर्नेहरूलाई आकर्षक पुरस्कारसमेत प्रदान गरिएको थियो । नेपालमा बजाज कम्पनीको मोटरसाइकल सबैभन्दा बढी विक्री हुने गरेको उल्लेख गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका सेल्स म्यानेजर श्रीधर भण्डारीले बजाजका मोटरसाइकल नेपालमा वर्षेनि ९० हजारभन्दा बढी विक्री हुने गरेको दाबी गरे ।
Visited 2 times, 1 visit(s) today


