सानिमा बैंकको खुद नाफा ३०.७५ प्रतिशतले बढ्यो |
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा बैंकको खुद नाफा ३७ करोड ५ लाख रुपैयाँ अर्थात ३०.७५ प्रतिशले धेरै हो। गत वर्षको चैत मसान्तमा बैंकले एक अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरण अनुसार बैंकले एक अर्ब ११ करोड १० लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख गरेको छ । जुन बैंकको खुद नाफा भन्दा ४६ करोड ४३ लाख रुपैयाँले थोरै हो ।
चालु आर्थिक वर्षको ९ महिना अवधिको वितरणयोग्य नाफाको अनुसार बैंकले शेयरधनीलाई १८.५२ प्रतिशत लाभांश वितरण गर्न सक्दछ ।
बैंकको जगेडा कोष १५.७७ प्रतिशत अर्थात ४३ करोड ९६ लाख रुपैयाँले वृद्धि भई तीन अर्ब २२ करोड ६२ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ । गत वर्षको यसै अवधिमा बैकको जगेडा कोषमा दुई अर्ब ७८ करोड ६६ लाख रुपैयाँ सञ्चित थियो ।
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा अवधिमा बैंकको निक्षेप संकलन भन्दा कर्जा लगानीको विस्तार उच्च छ । समीक्षा अवधिमा ९ प्रतिशतले बचत संकलन बढाएको बैंकको कर्जा लगानी १७ प्रतिशत धेरै बढेको छ ।
तेस्रो त्रैमाससम्म बैंकले ८५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७९ अर्ब १३ करोड ५७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । कर्जा विस्तार उच्च वृद्धिले बैंकको कर्जा निक्षेप अनुपात ७८.५८ प्रतिशतमा बढेको छ ।
Visited 1 times, 1 visit(s) today


