सिद्धार्थ बैंकद्वारा हावाहुरी पीडितलाई राहत सामग्री वितरण |
काठमाडौं । सिद्धार्थ बैंकले गत महिना गएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका पिडितका लागि राहत सामाग्री प्रदान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाराको स्वर्न गाउँपालिका वडा नंं ४ स्थित हर्दिया क्षेत्रका प्रभावितलाई बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामाग्रीहरु वितरण गरको छ ।
जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोरप्रसाद सिंह तथा सिद्धार्थ बैंकका प्रदेश नं २ का प्रमुख प्रविन ढुङ्गेलले राहत वितरण गरेका थिए ।
Visited 1 times, 1 visit(s) today


