सगरमाथा इन्स्योरेन्सको बीमालेख मोबाइलबाटै खरिद गर्न मिल्ने |
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले हालसम्म विक्री गर्दै आएका बीमालेखहरु मोबाइलबाटै खरिद गर्न मिल्ने भएको छ । ‘इन्स्योरेन्स डिजिटल्ली’ नामाङ्कन गरिएको उक्त प्रोडक्ट मार्फत बीमालेखहरुलाई सूचना प्रविधिसँग एकाकार गर्ने उदेश्यकासाथ जनस्तरसम्म पृुर्याउने ध्येयकासाथ ल्याइएको जानकारी दिएको छ ।
नेपालमै निर्जिबन वीमा उद्योगको क्षेत्रमा पहिलो पटक कम्पनीले बिक्री गर्दै आएका बीमालेखहरु मध्ये प्रथम चरणमा मोटर साईकलको तेस्रो पक्ष बीमालेख, घर बीमालेख, दुर्घटना बीमालेख र ट्राभलर्स मेडिक्लेम बीमालेखलाई अनलाइन पोर्टल मार्फत मोबाइल एपको माध्यमबाट बीमालेख खरिद गर्न सक्ने ब्यबस्था मिलाएको छ ।
इन्स्योरेन्स डिजिटल्ली’ सेवाको बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाँई र कम्पनीका अध्यक्ष आर।के मानन्धरले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
Visited 1 times, 1 visit(s) today


