लक्ष्मी बैंक र वन विज्ञान विश्वविद्यालयबीच सम्झौता |
काठमाडौं । लक्ष्मी बैंक र रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सालय र मत्स्य विज्ञान संकाय रामपुरबीच सम्झौता भएको छ ।
उक्त सम्झौतासँगै बोअर जातको बाख्रामा अनुसन्धान गर्नुभएका सहायक प्राध्यापक दवा छिरिङ तामाङलाई वित्तीय सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा आएका नवीन सोच एवम् नेतृत्वलाई सहयोग पुर्याएको छ ।
विभिन्न खोज तथा अनुसन्धानका गतिविधिहरूमा बैंकले पु¥याएको सहयोगले वास्तवमै नीति निर्माता, उद्यमी तथा समग्र समाजलाई नै विशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।



