किङ्स लाउन्जको पहिलो शाखा पोखरामा खुल्दै |
काठमाडौं । किङ्स लाउञ्जले आगामी वैशाख १ गतेदेखि पोखराको लेकसाइडमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । कम्पनीले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको अवसरमा पोखरामा पारिवारिक वातावरणमा आधुनिक लाउञ्ज सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको हो ।
पहिलो शाखाका रूपमा पोखरामा सेवा शुरू गर्न लागेको बताउँदे किङ्स लाउञ्ज व्यवस्थापनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धतासमेत जनाएको छ ।
काठमाडौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवाहरूभन्दा अझ परिष्कृत सेवा पोखराका सेवाग्राहीलाई दिने कम्पनीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । काठमाडौंमा रहेको किङ्स लाउन्जले पनि ग्राहकहरूको चाहनालाई दृष्टिगत गरी आफ्ना सेवाहरूको विस्तारलाई तीव्र पारेको उनले जानकारी दिए ।
छोटो समयमा देशकै नमूना रेष्टुरेण्ट बनाउन सफल भएको दाबी लाउञ्ज व्यवस्थापनको छ ।



