सिटी एक्स्प्रेसको ʽलखपति एक्स्प्रेसʼ योजनाको तेस्रो महिनाको १ लाख विजेता घोषणा |
काठमाडौं । सिटी एक्स्प्रेसको ʽलखपति एक्स्प्रेसʼ योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको १ लाख रुपैयाँको मासिक लक्की ड्रमा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित भएकी छन् । विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गरिएको छ । यस उपहार योजना अवधिमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार रुपैयाँ र २ जनाले १ लाख रुपैयाँ जिति सकेका छन् ।
एक्स्प्रेसको ʽलखपति एक्स्प्रेसʼ उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक २ सय रुपैयाँको मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताहरुले १० लाख रुपैयाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले १ लाख रुपैयाँ जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एकजना भाग्य शाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।




