प्राइम बैंकको नयाँ शाखा पाँचथरको फालेलुङ गाँउपालिकामा |
काठमाडौं । प्राइम कमर्सियल बैंकले पाँचथरको फालेलुङ गाँउपालिकामा नयाँ शाखाको शुभारम्भ गरेको छ । ६९ औं शाखा फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङले शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
सो अवसरमा स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा रहेको थियो । बैंकले निक्षेपकर्ता तथा ग्राहकहरु लाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन तथा आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताएको छ ।




