लाभांश वितरण प्रयोजनार्थ एनआईबिएल प्रगति फण्डको बुकक्लोज |
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।
फण्डले सो प्रयोजनार्थ भदौ २९ गते बुकक्लोज गर्नेछ। यस अनुसार भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डको लाभांश प्राप्त गर्न सक्नेछन्।
फण्डले गत आर्थिक वर्ष २०७८/७९ को लागि आफ्ना इकाईधनीहरुलाई ४.२० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।


