एभरेष्ट बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने
काठमाडौं । एभरेष्ट बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकले ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको संचालक समितिको ४०२ औं बैठकले आ.व. २०८२/८३ को संचित मुनाफाबाट बैंकका शेयरधनीलाई उक्त लाभांश दिने घोषणा गरेकाे हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।


