विश्वज्योती मलमा दशैँ तिहार सुपर अफर सुपर छुट योजना, दुबई घुम्ने अवसर |
काठमाडौं । राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा दशैँ तिहार सुपर अफर सुपर छुट योजना शुरु भएको छ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरी मलले यस्तोे योजना संचालनमा ल्याएको हो । योजना अवधिभर विश्वज्योती मलमा सामान खरिद गर्ने सेवाग्राहीले २५प्रतिशतसम्म छुट पाउने छन् ।
असोज २१ गतेदेखि कात्तिक ३० गतेसम्म चल्ने सुपर छुट योजना अवधिभर विश्वज्योती मलमा एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन् । उक्त कुपनको आधारमा मलमा सपिङ गर्ने ग्राहकलाई गोला प्रथाबाट साप्ताहिक रुपमा विभिन्न उपहार प्रदान गरिने मलले जानकारी दिएको छ ।

साथै बम्पर उपहारमा टिभीएसको जुपिटर स्कुटरका जित्न सक्नेछन् भने भाग्यशाली विजेताले दुबई टुरको अवसर समेत पाउनेछन् । साप्ताहिक उपहारमा गोदरेजको वाशिङ मेशिन, रेफ्रिजेरेटर, टिभी, माइक्रोओभन, मोबाइलफोन, विभिन्न घरायासी सामाग्रीहरुका साथै सपिङ भौचर, लञ्च कुपनसँगै अन्य आकर्षक उपहारहरु प्राप्तगर्न सक्ने छन् ।

विश्वज्योती मलमा ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामान, ग्रामेन्ट, घडी, चस्मा, रेष्टुरेन्ट, लाउञ्च, ब्यूटीपार्लर, कफिशप, टार्भल एजेन्शी, बुटिक, फिटनेश स्टुडियोलगायतका ४० भन्दा बढीस्तरीय स्पसलहरु सञ्चालनमा छन् ।
Visited 1 times, 1 visit(s) today


