आजदेखि दशैं शुरू, घरघरमा जमरा |
काठमाडौं । आज घटस्थापनाको दिन, आजबाटै नेपालीहरूको महान् चाड बडादशैं शुरू भएको छ । दशैंको पहिलो दिन आज पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगत गरी दूर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्तिका लागि विजया दशमी मनाउने गरिन्छ ।
शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभ मुहूर्तमा घडा स्थापना गरिन्छ र उक्त घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी ९ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यसपश्चात् प्रसादस्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवत्मा उल्लेख गरिएको छ ।
आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा पर्ने चारवटा नवरात्रहरूमध्ये आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरूलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसले शक्तिको आराधना गर्ने गर्दछन् ।
Visited 1 times, 1 visit(s) today


