हिमालय ऊर्जा विकास कम्पनीको आईपीओ कात्तिक ६ देखि |
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जलविद्युत् आयोजनाबाट प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीय बासिन्दाका लागि कात्तिक ६ गतेदेखि ९ करोड ९० लाख रुपैयाँबराबरको ९ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन बन्द छिटोमा कात्तिक २० र ढिलोमा मंसिर ५ गतेसम्म हुनेछ । शेयर निष्कासन तथा विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले रहेको छ । स्थानीय बासिन्दाले न्यूनतम ५० देखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ ।
कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
Visited 1 times, 1 visit(s) today


