चौधरी फाउण्डेसनले सरकारलाई दियो ८ वटा भेन्टिलेटर |
काठमाडौं । चौधरी फाउण्डेसनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारलाई ८ वटा भेन्टिलेटर सहयोग गरेको छ । मंगलबार चौधरी ग्रुपका निर्देशक निर्वान चौधरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटर सहयोग गर्न पाएकोमा खुशी लागेको चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले बताए ।
यसअघि चौधरी फाउन्डेसनले तीन चरण गरी देशभरका ११९ स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा सामग्री, एन९५ मास्कसँगै सरकारलाई १ हजार थान पीसीआर रिएजेन्ट सहयोग गरेको थियो ।


