‘उपाए सिटी कार्गो’ले ल्यायो नयाँ एप, मोवाइलबाटै गाडी बुकिङदेखि ट्र्याकिङसम्म गर्न सकिने |
काठमाडौं । ‘उपाए सिटी कार्गो’ नयाँ विशेषता सहितको नयाँ एप सार्वजनिक गरेको छ । लकडाउनको समयमा अनलाइन खाद्यान्न डेलिभरीबाट चर्चा कमाएको उपाएले चालक तथा क्लाइन्टको सुविधाको लागि नयाँ फिचर्स सहितको एप ल्याएको हो ।
पहिले सामान्य रुपमा अर्डर गर्न मात्र मिल्ने एपलाई धेरै फिचर्सबाट सुसज्जित बनाइएको उपाएका चिफ अपरेटिङ अफिसर अमिगो खड्काले जानकारी दिए ।
‘अहिलेको एपबाट क्लाइन्टले नजिकको चालकसगँ सम्पर्क गर्न सक्नेछन्, त्यस्तै अनलाइन पेमेन्ट, अटोम्याटिक भ्ट बिल, ट्र्याकिङ, स्ट्याण्डर्ड प्राइसिङ, दिनभरीको लागि बुक गर्न सकिने, दुरी, समय र तौलको आधारमा पनि गाडी बुक गर्न सक्नुहुनेछ,’ खड्काले भने ।
त्यस्तै चालकको लागि पनि धेरै फिचर्सहरु थपिएको उनले जानकारी दिए । ‘चालकले अर्डर लिन कम्पनीसगँ फोनको झण्झट हुँदैन, त्यस्तै दुरी, शुल्क ठाउँ पाएक हेरेर क्लाइन्टको रिक्वेस्ट एसेप्ट गर्न सक्छ । त्यसैगरी चालकले आफूले कमाएको रिसिप्ट सजिलै हेर्न सक्छ भने आफै सामान लोड गरेर थप आम्दानी गर्न पनि सक्छ,’ उनले भने ।
उपत्यकामा विगत १ वर्षदेखि ढुवानी सेवा दिइरहेको उपाए सिटी कार्गोले काठमाडौं भित्र ढुवानी सेवा दिइरहेको छ । कम्पनीले आगामी दिनमा विराटनगर, इटहरी, बुटवल, भैरहवा, पोखरा, चितवन लगायतका स्थानमा पनि सेवा सुरुगर्ने तयारी थालेको छ ।


