रिकन्डिसन अटो व्यवसायीको बीमा आइजीआई प्रुडेन्सियलले गर्ने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र एकान्तकुनामा रहेको नेपाल रिकन्डिसन अटो व्यवसायी संघबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र संघका अध्यक्ष प्रबिन लामिछाने हस्ताक्षर गरे ।
कम्पनीबाट नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र संघसँग आवद्ध सदस्य तथा व्यवसायीहरूलार्ई निर्जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता सम्पन्न भएको हो । संघसँग आवद्ध देश भरीका सदस्यहरुको सम्पत्ति, सवारी साधन लगायत संघ तथा सदस्य सम्बद्ध संस्थाहरुबाट बिक्री वितरण हुने सम्पूर्ण सवारी साधनको बीमा आइजीआई प्रुडेन्सियलबाट गर्ने सम्झौता भएको छ ।


