गुल्मी १ बाट सागर ढकाल निर्वाचित
काठमाडौं । गुल्मी १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल निर्वाचित भएका छन्। उनी प्रदीप कुमार ज्ञवाली र चन्द्रकान्त भण्डारी जस्ता उम्मेदवारहरुलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
ढकालले २९ हजार ६४२ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञवालीले १५ हजार १८१ मत पाएका छन् भने नेपाल कांग्रेसका भण्डारीले १३ हजार ५०५ मत पाएका छन्।




