झापा–२ः पूर्वसभामुख पराजित, पूर्वउपसभामुख विजयी
काठमाडौं । झापा क्षेत्र नम्बर २ मा पूर्वसभामुखलाई पराजित गर्दै पूर्वउपसभामुख इन्दिरा राना विजयी भएकी छिन्। पूर्वउपसभामुख राना रास्वपा उम्मेदवार हुन्।
उनले पूर्वसभामुख नेकपा एमालेका देवराज घिमिरेलाई करिब ४९ हजार मतान्तरले पराजित गरेका हुन्। रानाले ६० हजार ११० मत प्राप्त गर्दा घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरेका थिए। त्यस्तै, सो क्षेत्रमा श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारीले ७ हजार २९१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सरिता प्रसाईले ५ हजार ६१६ मत प्राप्त गरेका छन्।
Visited 1 times, 1 visit(s) today


