रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी निर्वाचित
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राजेश कुमार चौधरी निर्वाचित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय कुमार गुप्ताले १० हजार ६९३ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका अनिल कुमार झाले ८ हजार ५७४ मत प्राप्त गरेका छन् भने माधव कुमार नेपालले ७ हजार ६६९ मत पाएका छन्।




