रुपन्देही २ मा विष्णु पौडेल पराजित, सुलभ खरेल विजयी
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खरेलले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई भारी मतान्तरले पराजित गरेका हुन्।
खरेलले कुल ५६ हजार ५५० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले १२ हजार ८६१ मत पाएका छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्माले ९ हजार ३९२ मत प्राप्त गरेका छन्।




