रुपन्देही–३ मा रास्वपाका लेखजंग थापा विजयी
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. लेखजंग थापा विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाले नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङलाई भारी मतान्तरले पराजित गरेका हुन्।
थापाले कुल ५८ हजार ८१४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गुरुङले ८ हजार ४३५ मत पाएका छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन्।




