विनोद चौधरीको क्षेत्रमा पनि रास्वपा अगाडि
काठमाडौँ । नेपाली कांग्रेसबाट नवलपरासी क्षेत्र नम्बर १ को उम्मेदवार बनेको बिनोद चौधरी पनि मतगणनामा दोस्रो स्थानमा छन् । नेपालकाे एक मात्र डलर अर्बपति उनले २०७९ काे निर्वाचनमा साेही क्षेत्रबाट विजयी भएका थिए।
पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका बिक्रम खनालले १५ सय मत ल्याउँदा चौधरीले ४ सय१ मत र एमालेका रामप्रसाद पाण्डेले ४ सय १ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ८४ मत ल्याएका छन् ।




