फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गरेका छन्। बिहीवार बिहान काठमाडौं महानगरपालिका–२९ वडा कार्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।
मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको भन्दै सबै मतदाताहरुमा मतदान सहभागि हुन आह्वान गरे। उनले मतगणनाको सन्दर्भमा खसेको मतको आधारमा गणना टोली बनाएर छिटो मत परिणाम सार्वजनिक गर्ने आयोगको योजना रहेको बताए। उनले फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्ने अठोट रहेको पनि बताए।
आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो। देशभर मतदान कार्य जारी छ।




