एनआईसी एशियाले ल्यायो इदको अफर, खाता खोल्दा डेविट कार्ड र मोबाइल बैंकिङ निːशुल्क |
काठमाडौं । एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड इद उल फितरका अवसरमा नयाँ खाता खोल्दा निːशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवा दिने योजना ल्याएको छ ।
बैंकले जेठ २२ गतेदेखि ३० गतेसम्मका लागि यो सुविधा ल्याएको हो । यो सेवाले डिजिटल बैंकिङमा टेवा पुग्ने बैंकको दाबी छ । बैंकले मुलुकभर २ सय ८४ स्थानमा शाखा खोलिसकेको छ ।
Visited 1 times, 1 visit(s) today


