सानिमा बैंकसहितको समुहले नारायणचौरस्थित नन्दिकेश्वर बगैचा सरसफाइ गरे |
काठमाडौं । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सानिमा बैंक, सशस्त्रप्रहरी गण नं १ नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिकप्रहरी सेवा नक्सालद्वारा संयुक्त रुपमा नारायणचौरस्थित नन्दिकेश्वर बगैंचा सरसफाई गरिएको छ ।
करिब १९ रोपनी क्षेत्रफल रहेको यस पार्क नक्साल लगायत वरिपरिका स्थानीय बासिन्दाहरुको बिहानी तथा साझपख ब्यायाम गर्ने, विश्राम गर्ने, बालबालिकाको लागि बिभिन्न मनोरञ्जक खेल खेल्ने, साथीभाई भेटघाट गर्ने स्थानको रुपमा प्रसिद्घ रहेको छ ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले नन्दिकेशरी बगैंचाको पुर्नस्थापनादेखि नै सानिमा बैंकको निरन्तर सहयोग प्राप्त रहेको बताउँदै आभार प्रकट गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बगैंचाको नजिकै रहि काम गर्न पाएकोमा सानिमा बैंकका कर्मचारी भाग्यमानी रहेको बताए । बगैंचाले नक्सालको शोभा बढाएको उल्लेख गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति, स्वस्थ्य शिविर तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।



