सनराइज बैंकले आफ्नो वेवसाइट प्रविधिमैत्री बनायो |
काठमाडौं । सनराइज बैंकले ग्राहकहरmको सुविधालाई ध्यानमा राख्दै आफ्नो वेबसाइटलाई अझ प्रविधीमैत्री बनाउदै नयाँ रmपमा ल्याएको छ ।
बैंकको नयाँ वेबसाइटमा अनलाइन खाता खोल्ने सुविधा, बैंक ग्यारेन्टीको लागि अनलाइन आवेदन, प्रतितपत्र, बैंक ग्यारेन्टी प्रमाणीकरण, क्रेडिट कार्ड योग्यता जाँच, ऋण योग्यता जाँचजस्ता विभिन्न सुविधाहरु उपलब्ध हुनेछन् ।
वेबसाइट बैंकको प्रधान कार्यालय गैरीधारामा आयोजित एक कार्यक्रममा बैंकका कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले औपचारिक रुपमा शुभारम्भ गरेका छन्। यी सुविधहरु ग्राहकले मोबाइल मार्पmत पनि प्रयोग गर्न सक्ने छन् ।



