प्रभु इन्स्योरेन्स र चरक मेडिकेयरबीच सम्झौता |
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालि बिच नगद रहित सेवा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र चरक मेमोरियलका अध्यक्ष डा। बद्री पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट बीमा गराउने ग्राहकहरुले चरक मेमोरियल हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन्।




