प्रभु इन्स्योरेन्स र सिटिजन्स बैंकबीच बैंकास्योरेन्स सम्झौता |
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबिच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि बैंकका ग्राहकहरुले बीमा सेवा पाउन सक्नेछन् ।




