नेपाली बैंकरलाई मस्रेक बैंकले दियो जोखिम र कोष ब्यवस्थापनको तालिम |
काठमाडौं । मस्रेक बैंकले नेपाली बैंकका अधिकारीहरुलाई जोखिम तथा कोष ब्यवस्थापन बारेमा तालिम दिएको छ । तालिम कार्यक्रमको उद्घाटन गर्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले अहिले मनि लन्ड्रिङ, आतङकारी समूहमा लगानीजस्ता अन्तरराष्ट्रिय जोखिमहरु बढ्दै गएकाले त्यसलाई पहिचान र नियन्त्रण गर्न चुनौती थपिएको बताए ।
कार्यक्रममा मस्रेक बैंककी नेपाल प्रमुख हेमाकुमारी अधिकारीले नेपाली बैंकको दक्षता बढाउनका लागि मस्रेकले यस्ता तालिम आयोजना गर्दै आएको र भविष्मा पनि आवश्यकताका आधारमा तालिम दिने बताइन् ।
गोष्टीमा अधिकांस बाणिज्य बैंकहरुका सम्बन्धित विभागका कर्मचारीहरुको उपस्थिति थियो । तालिम दिनका लागि मस्रेक बैंकबाटै कर्मचारीहरुसमेत आएका थिए ।




