काठमाडौं । भन्सार विभागको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको ४ महिनामा ८१ हजार ९९४ वटा मोटरसाइकल र स्कुटर नेपाल भित्रिएका छन् । असारमा लकडाउन खुल्दा पनि हजारौं मोटरसाइकल र स्कुटर मौज्दातमा थुप्रिएका थिए । साउनपछि मोटरसाइकल–स्कुटरको बिक्री बढ्दा आयातले गति लियो ।