काठमाडौं । नेपालका लागि फोटोन ब्रान्डका कमर्सियल भेइकलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालमा भर्खरै सार्वजनिक गरिएको भ्यू सीएस२एल भ्यानमा १०० प्रतिशत फाइनान्सिङको अफर लागू गरेको छ । फोटोनको भ्यू सीएस२एल भ्यान नेपालको पहिलो र एक मात्र १८–सिटे भ्यान हो ।
काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।
काठमाडौं । सरकारले सबै सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने तयारी गरेको छ । अब सवारीको क्रमैसँग लट नम्बर तोकेर पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
काठमाडौं । टाटा मोर्टसका ग्राहकहरुलाई सहज रुपमा गाडी मर्मत तथा सर्भिसिङ सुविधा प्रदान गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ्गले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।
काठमाडौं । विगत ५० वर्ष भन्दा बढी समयदेखि नेपालको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको स्याकार ट्रेडिङ्ग कम्पनीका संचालक सौरभ ज्योतिले मोटरसाइकल पारखीहरुलाई एक पृथक अनुभव प्रदान गर्नका लागि एस.जे. मोटोको स्थापना गरेका छन् ।
काठमाडौं । निशान म्यागनाइट गाडी नेपाल भित्रिने भएको छ । नेपालमा निशान गाडीको अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनी पायोनियर मोटोकर्पले म्यागनाइट भित्र्याउन लागेको हो ।
बारा । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्सले प्रदेश नं २ स्थित बाराको जीतपुर–सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्गले ग्लोबल सर्भिस क्याम्प यही फाल्गुन ५ देखि १६ गते सम्म संचालनमा ल्याएको छ । क्याम्प बिहानको ९ः३० देखि साँझको ५ः३० सम्म संचालन हुने कम्पनीले जनाएको छ ।
काठमाडौं । टिभीएस मोटर कम्पनी, विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माताले आज मार्भल्स एभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ ।