तत्काल नबढ्ने भो इण्टरनेटको शुल्क | सरकारले सहमति कार्यान्वयन गर्ने दियो आश्वासन
काठमाडौं । इण्टरनेट सेवामा तत्काल शुल्क नबढ्ने भएको छ । इण्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इण्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन अफ नेपाल (आइस्पान) ले सरकारले सम्झौताअनुसार नै दूरसञ्चार नियमवाली संशोधन गर्ने आश्वासन दिएपछि तत्काल इण्टरनेटको शुल्क नबढाउने निर्णय गरेको हो ।