ओपोद्वारा नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक | मूल्य ८९ हजार ९ सय ९० रुपैयाँ
काठमाडौं । ओपोले नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक गरेको छ । ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन असार १५, आईतवारदेखि नेपाल उपलब्ध गरिएको हो । ओपो रेनो १०एक्स जुम ईडिसनको प्रमुख आकर्षण, यसको नाम अनुसार स्वभाविकरुपमा १०एक्स लसलेस हाइब्रिड अप्टिकल जुम हो ।
