पछिल्लो समय हुवावे टेक्नोलोजीले आफ्नो योजना र काम अटो क्षेत्रतर्फ बढाइरहेको छ । यस्तैमा कम्पनीले सन् २०२५ को आगमनसँगै चालकबिनाको सार्वजनिक गाडी उत्पादन एवम् बिक्री थाल्ने योजना बनाएको अटो हिन्दुस्तानले जनाएको छ ।
काठमाडौं । ओपोले रियल–टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ । आफ्नै ईन(हाउस एआई ईञ्जिनको प्रयोग मार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाई प्रदान गरेको छ ।
चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ ।