काठमाडौं । छैटौं संस्करणको आइसिटी अवार्डको शीर्ष प्रायोजन एफवान सफ्टले गर्ने भएको छ । सोमवार आइसिटी अवार्डको आयोजक लिभिङ विथ आइसिटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि सम्झौता भएको हो । सम्झौता अनुसार कार्यक्रमको नाम ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ हुनेछ ।