काठमाडौं । समता माईक्रोफाइनान्सले लाभांश वितरणको प्रस्ताव गर्दै वार्षिक साधारण सभा आह्वान गरेको छ । माईक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १४.०२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालू आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ५ करोड ८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये दोस्रो ठूलो शेयरमूल्य रहेको यस कम्पनीले गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीको खुद नाफा २८ लाख ३० हजार बढी नाफा कमाएको हो ।
काठमाडौं । एभरेष्ट इन्सुरेन्सको संस्थापक हकप्रद सेयरमा भएको मूल्य समायोजन नेप्सेले रद्द गरेको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गर्न नहुने लगानीकर्ताहरुले माग उठाएपछि मूल्य समायोजन रद्द भएको हो ।
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा ३३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा १० दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले ८० प्रतिशतको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु मध्ये अग्रस्थानमा रहेको शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयरका लागि बुक क्लोजको समय तोकिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा सय रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनले सर्वसाधारणका लागि निष्कासन गरिएको १ करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि ३ लाख ४६ हजार बढीले आवेदन गरेका थिए ।
काठमाडौं । नेपाल एसबिआई बैक लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफामा ४८ करोड ५३ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १० दशमलव ७३ प्रतिशतले वृद्धि गरेको छ ।