काठमाडौं । कृषि विकास बैंकले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको ७२८औ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.०५३ प्रतिशत नगद लभांश र ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा भएको सभामा प्रवन्ध सञ्चालक डा. आत्माराम घिमिरे, सञ्चालकहरु सुशिल थापा, रामबहादुर पाण्डे र राजेन्द्र वस्तीको उपस्थिति थियो ।
काठमाडौं । नेपालमा ७ लाखभन्दा बढी शेयरधनी भएको कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको डेढ करोड कित्ता शेयरको दोस्रो बजारमा कारोबार आइतवारदेखि शुरू हुने भएको छ ।
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित १० बराबर ७ को अनुपात अर्थात ७० प्रतिशत हकप्रद सेयर पारित भएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई मंगलबार सम्पन्न संस्थाको चौँथो वार्षिक साधारणसभाले पारित गरेको हो ।
काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने भएको छ । बैंकले १० दशमलव ७९ प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस सेयर गरी जम्मा १५ प्रतिशत लाभांस दिने भएको हो ।
काठमाडौं । डिसहोम सेवा सञ्चालन गरिरहेको डिस मिडिया नेटवर्कले सर्वसाधारणमा शेयर जारी गर्न साधारणसभा बोलाएकोे छ । कम्पनीले बिहीबार होटल र्याडिसनमा साधारणसभा डाकेको छ ।