काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा चैत्र ८ गते हुने भएको छ । कम्पनीले फागुन १५ गते बसेको संचालक समितिको बैठकबाट चैत्र ८ गते शुक्रबार ११ बजे, कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर माहानगरपालिका वडा नं. १० चितवनमा हुने भएको छ ।
काठमाडौं । जेबिल्स फाइनान्सले लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा फाइनान्सले ३.५७ प्रतिशत बोनस शेयर दिने भएको छ । उक्त बोनसको कर प्रयोजनकोलागि छुट्टै नगद लाभांश समेत दिने भएको छ ।
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा ३२ करोड ७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा १०९ दशमलव ६० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १५ करोड ३० लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वार्षिक साधारण सभा चैत्र ११ गते हुने भएको छ । जसको लागि बुक क्लोज फागुन २४ गतेदेखि चैत्र ११ गतेसम्म बन्द गर्ने भएको छ ।
काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारण शेयर बाँडफाँट गरिएको छ । ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको साधारण सेयर बुधबार बाँडफाँट गरिएको हो ।