काठमाडौँ । ग्रिन लाइफ हाइड्रो पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) आइतबार बाँडफाँड गरेको छ ।
काठमाडौं । आवश्यक आवेदन नपरेपछि युनियन हाइड्रोपावर कम्पनीको आईपीओ वैशाख १२ गतेसम्म विक्री खुल्ला हुने भएको छ । चैत १३ गतेदेखि आईपीओ विक्री खुल्ला गरेको कम्पनीको छिटो बन्द हुने मिति चैत १७ गतेसम्म तोकिएको थियो ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको चुक्तापूँजी ३ अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुग्ने भएको छ । कम्पनीले शुक्रबार प्रस्तावित १३.५ प्रतिशत बोनसको प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । शिवम् सिमेन्टले लाभांश दिने घोषण गरेको छ । कम्पनीले चैत्र १३ गते बसको संचालक समितिको बैठकल चुक्ता पुँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले निष्कासन गर्न लागेको ‘१०.२५५ माछापुच्छ्रे डिवेञ्चर २०८५’ का लागि निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले आज शुक्रवार सो बैंकको कुल ४२ लाख ३२ हजार १ सय ९२ कित्ता बोनस शेयर सूचिकृत गरेको हो ।
काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारणसभा आगामी वर्षको जेठ २० गते हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक साधारणसभा उक्त दिन गर्न लागेको हो ।