काठमाडौं । भार्गव विकास बैंकले लाभांश पारित गर्न ११ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश पारित गर्न चैत ३० गते विहान १० बजे, नेपालगञ्जको भ्यु होटल सिद्धार्थमा साधारण सभा बोलाएको हो ।