काठमाडौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २१ करोड ७० लाख खुद मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा अघिल्लो बर्षको यसै अवधिको तुलनामा करिब १९ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको यस अवधिमा कम्पनीले २६ करोड ७८ लाख खुद मुनाफा आर्जन गरेको थियो ।