काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा २४.५३ प्रतिशतले घटेको छ ।
काठमाडौं । सरकारी स्तरको राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक बर्ष २०७६∕०७७ मा बाणिज्य बैंकहरुमध्येमा सबैभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत बर्ष ४ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ ।
काठमाडौं । नेपाल टेलिकमले ८ अर्ब ५५ करोड नाफा कमाएको छ । टेलिकमको नाफा भने गएको वर्ष भन्दा घटेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा र आम्दानी दुबै घटेको हो ।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा एक अर्ब ७ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २८ करोड ४० लाख रुपैयाँले बढी हो ।
काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २१.६२५ ले थोरै हो । अघिल्लो वर्ष यसले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । अबदेखि आईपीओको आवेदन दिँदा कम्तिमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को साउन २२ गते बसेको बैठकले बुक बिल्डिङ निर्देशिका २०७७ लागु गर्दै उक्त व्यवस्था गरेको हो ।
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सले खुद बीमाशुल्क करिब २० प्रतिशत बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंङ्किङको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु बैंकको ‘१०% प्रभु बैंक डिबेन्चर २०८४’को रु. एक हजार अंकित दरको २० लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्रीका लागि आह्वान गरेको छ ।