एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारणसभा मंसिर २१ गते हुने, बुकक्लोज कहिले ? |
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको सम्मान एवं परिपालना गर्दै साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ । साधारण सभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा शेयरधनीहरूलाई मिटिङ आईडी तथा पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
यसरी उपस्थित शेयरधनीहरूले साधारण सभामा आफ्नो मन्तव्य राख्ने व्यवस्था समेत मिलाइएको बैंकले जनाएको छ । यसरी साधारणसभामा सहभागी भई मन्तव्य राख्न चाहने शेयरधनीहरूले सभा सुरु हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै आफ्नो परिचयपत्र सहित बैंकले जारी गरेको शेयर प्रमाणपत्र/डिम्याट खाता खोलिएको प्रमाणको स्क्यान कपी समावेश गरी कम्पनी सचिवको इमेल ठेगाना deepen.karki@nicasiabank.com मा ईमेल वा ९८५१२४५९१५ मा ह्वाट्स एप गर्नुपर्नेछ ।


