काठमाडौं । बुक बिल्डिङ प्रक्रियामा सहभागी जनाउन ४६ वटा संस्थागत लगानीकर्ताले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन परेका ६२ आवेदनमध्ये उक्त संख्यामा लगानीकर्तालाई स्वीकृति प्रदान गरिएको बोर्डले जनाएको छ । संस्थागत लगानीकर्ताको अनुमतिका लागि आएका निवेदन भने रीत नपुगेपछि अस्वीकृत गरिएको छ