काठमाडौं । रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको तुलनामा ३७.३१% ले नाफा वृद्धि गरेको हो ।
काठमाडौं । नेपाल बैंकले वैशाख २२ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । यसमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत वर्षको तुलनामा २४७.९३% ले खुद नाफा वृद्धि गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४२ करोड ७२ लाख ४ हजार रुपैयाँ पुर्याएको छ ।
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ भने खुद नाफा बढेको छ ।
काठमाडौं । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ ।
काठमाडौं । अजोड इन्स्योरेन्सले तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न सफल भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई बैशाख ५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।