काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७∕७८ को तेस्रो त्रयमासमा नाफा बढाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रयमासको वित्तीय विवरण अनुसार बैंकले ३ अर्ब खुद मुनाफा आर्जन गरेको छ ।
काठमाडौं । शुक्रवारदेखि सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ विक्री गदैंछ । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ५६.६५ प्रतिशतले बढाएको हो ।
काठमाडौं । एनआइबीएल एस क्यापिटल लिमिटेडलाई गरिमा विकास बैंक लिमिटेडको ८.७५५ गरिमा ऋणपत्रको निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसानन्त सम्ममा वोमी लघुवित्तले १० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२७.३५ प्रतिशतले बढी हो ।
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा महुली लघुवित्तले ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६७.१५ प्रतिशतले धेरै हो ।
काठमाडौं । बैंक अफ काठमाण्डूले खुद ब्याज आम्दानी घट्दा पनि नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३३ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।