काठमाडौं । हिमालयन डिस्टिलरीले आर्थिक वर्ष. २०७७/७८ को चैत्र महिनासम्म ६७ करोड २७ लाख नाफा गरेको छ । कम्पनीका अनुसार ३ अर्ब ८९ करोडको बिक्रीबाट यो नाफा प्राप्त भएको हो । गत वर्ष यही अवधिमा ३ अर्ब ५७ करोडको ब्यापारबाट कम्पनीले ४३ करोड ७१ लाख नाफा कमाएको थियो ।