काठमाडौं । कोभिड संक्रमणको जोखिम कम गर्न लगाइएको निषेधाज्ञाले गर्दा लगानीकर्ता आफूसँग भएको रकम नगद होल्ड गर्न वाध्य भएको परिवेशमा लगानी सुनिश्चित गर्न एनएमबि बैंकले ऋणपत्र (डिबेन्चर) खुल्ला गरेको छ ।
काठमाडौं । एनएमबि बैंकले आज (जेठ २ गते) देखि १० वर्षे अवधिको २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि ऋणपत्र ८.५–२०८७∕८८’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।
काठमाडौं । आइतबार १० अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार भोलुम पनि अहिलेसम्मकै उच्चतम हो । यसअघि फागुन ३ मा सबैभन्दा बढी १० अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
काठमाडौं । एभरेष्ट इन्स्योरन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.२१ प्रतिशतले बढी हो ।
काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।