काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ ४ गते बसेको बैंठकले शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको नवौं वार्षिक साधारण सभाले ४० प्रतिशत लाभांश घोषणा गरेको छ । सभाले कम्पनीको चुक्ता पुँजी २९.८ करोड रहेकोमा ३८% बोनस सेयर वितरण गरी ४१.१ करोड पुर्याउने निर्णय गरेको हो ।
काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्डको यही जेष्ठ ५ गते बुधबारदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
काठमाडौं । मंगलबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ, जुन हालसम्मकै उच्च हो ।
काठमाडौं । कोभिड संक्रमणको जोखिम कम गर्न लगाइएको निषेधाज्ञाले गर्दा लगानीकर्ता आफूसँग भएको रकम नगद होल्ड गर्न वाध्य भएको परिवेशमा लगानी सुनिश्चित गर्न एनएमबि बैंकले ऋणपत्र (डिबेन्चर) खुल्ला गरेको छ ।
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले जेठ २८ गते भर्चुअल माध्यमबाट अपरान्ह ४ बजे १६ औं वार्षिक साधारण सभा बोलाएको हो ।
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निणर्य गरेको हो ।
काठमाडौं । दुई बैंकले ऋणपत्र विक्री गर्दैछन् । एनएमबि बैंकले जेठ ९ गतेदेखि १५ वर्षे अवधिको उर्जा ऋणपत्र विक्री गर्दैछ भने प्रभु बैंकले जेठ १६ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने भएको हो ।