काठमाडौं । जेठ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको इकाईका लागि आवेदन दिने आज (जेठ ९ गते) अन्तिम दिन रहेको छ ।
काठमाडौं । एनएमबि बैंकले आज (जेठ ९ गते) देखि १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२∕९३’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर खरिद बिक्री गर्न उत्साहित गराउने उदेश्यले सूचना सम्प्रेषण नगर्न तथा नगराउन निर्देशन दिएको छ । कोभिड १९ को कहरको बीचमा पनि शेयर बजारले नयाँ रेकर्ड बनाई रहेको अवस्थामा बोर्डले यस्तो सूचना जारी गरेको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने सुविधा ल्याएको छ ।
काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसुचक ६.३७ अंकले बढेर २७ सय ८७ दशमलव १८ विन्दुमा पुगेको छ । त्यस्तै, ९ अर्ब ३० करोड ५२ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।
काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मंगलबार तेस्रो त्रैमासिक समीक्षा गरेको छ । समीक्षामार्फत खासै ठूला परिवर्तन गरिएको छैन । यसैक्रममा सेयर धितो कर्जामा ७०% सम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्थालाई यथावत् राखिएको छ ।
काठमाडौं । प्रभु क्यापिटलले प्रभु सेलेक्ट फन्डको १० करोड इकाई बुधबार (जेठ ५ गते) देखि बिक्री खुला गरेको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो ।